कम्प्युटर नेपालीमा

कम्प्युटर सम्वन्धि जानकारी गराउने सानो प्रयास

Ya hoo!! … फेसबूक

Posted by कृष्ण पर मार्च 31, 2010

अन्लाईनमा धेरै सर्भिस दिने याहूको प्रयाश ले अब फेसबूकको Status याहू मेल मै याहू भन्छगयको सोमबार बाटनै अङ्ग्रेजी भाषाको प्रयोग हुने देशहरुमा सुरु भैसक्यो आन्य देशहरूको हकमा भने २६ अप्रिल सम्मा सुरु हुने


यो प्रयोग गर्नको लागि ग्रहकले पहीले याहू र फेसबूक अकाउन्टमा लिन्क गराउनु पर्छ । यो गर्नको लागि “add to Facebook” मा क्लिक गर्नु पर्छ यो याहू मेलको Status settings मा What’s new पेज मा आफ्नो फेसबूकको अकाउन्ट पर्योग गर्नु पर्ने हुन्छ । एक चोटि अकाउन्ट लिन्क भए पछि अब Status बक्समा टाईप गरेको मेसेज याहू मा पोस्ट गर्ने की फेसबूक मा अथवा दुबैमा भन्ने अपसन आउछ । यो लिन्कले गर्दा फेसबूकको मित्रहरुको Profile Picture याहू मैले मै देखाउने हुन्छ जसले गर्दा कसको लागि मेसेज गर्ने हो याहू मेल बाटनै सेलेक्ट गर्न सकिन्छ ।
याहू ले एउटा ब्लग पोस्ट मा के पनि भनेको छ भने यो सुरुवाती मात्र हो पछि हामी फेसबूकको कन्ट्याक्ट्हरु याहूको कन्ट्याक्ट् लिस्टमा ईम्पोर्ट गर्न मिल्ने पनि बानाउने छौ ।


Posted in ई-विश्व, कम्प्युटर | 1 Comment »

2010 Social Networking Websites Review Comparisons

Posted by कृष्ण पर मार्च 29, 2010



Posted in ई-विश्व, कम्प्युटर | 1 Comment »

एक मिनेटमा २ सय पेज स्क्यान

Posted by कृष्ण पर मार्च 24, 2010

टोकिया विश्वधिद्यालयका विद्यार्थीहरुले एउटा यस्तो स्क्यानर विकास गरेका छन् जसले एक मिनेटमा सय पेजसम्म स्क्यान गर्न सक्छ स्क्यानरले प्रति सेकेण्ड सय सट खिच्न सक्ने हाईस्पिड क्यामरामार्फ स्क्यान गर्ने बताईएको स्क्यानरले स्टेरोस्कोपिकथ्रिडी) क्यामेरा मार्फ स्क्यान गर्ने भएकाले पुस्तक स्क्यान गर्दा स्पष्ट हुने विश्वविद्यालय अधिकारीले बताए



स्क्यानरका निर्माता मासातोसी इसिकाबाले यस अधि उति उच्च गतिमा हात चलाउन सक्ने रोबोटिक्स निर्माण गरेका थिए । उनले आफ्नो प्रविधीकेा प्रयोग स्मार्ट फोनमा गर्न सकिए सयौं पष्टमा पेज एकै पटकमा स्क्यान गर्न सक्ने बताए ।
डकुमेन्ट स्क्यानिङ गर्नेहरुकालागी यो प्रबिधी निक्कै उपयोगी सावित हुने विष्लेशकहरुको अनुमान छ । हाल बजारमा प्रचलित स्क्यानरहरुले एक मिनेटमा अधिकतम ५० बटासम्म स्क्यान गर्न सक्छन् । यो प्रबिधीको प्रयोग ब्यवसायीक रुपमा सफल हुने नहुने भन्ने समयले बताउने छ ।

-नविन

Posted in ई-विश्व, कम्प्युटर, विज्ञान | 1 Comment »

Chrome मा थ्रि डी हेर्न सकिने

Posted by कृष्ण पर मार्च 23, 2010

गुगलले आफ्नो वेभ ब्राउजर क्रोमलाई थप परिमार्जीत गर्दे एप्लिकेसन तथा ड्राइभर डाउनलोड नगरिकनै थ्रिडी ग्राफिक्सहरु हेर्न सकिने बनाउने भएको यसकालागी गुगलले नयाँ परियोजना नै सुरुगरिसकेकेा जनाएको एन्जेलअलमोस्ट नेटिभ ग्राफिक्स लेयर इञ्जिननामको सो ओपेन सोर्स प्रोजेक्टले सबै खाले थ्रिडि ग्राफिक्सहरु डिस्प्ले गर्न सक्ने ब्राउजर बनाउने प्रोडक्ट म्यानेजर हेनरी ब्रिजले बताए


हाल प्रचलनमा रहेको बिण्डोज अपरेटिङ सिस्टम चल्ने कम्प्युटरहरले थ्रिडी कन्टेन्टहरु सोझै डिस्प्ले गर्न सक्दैनन्, प्लगइन्सको सपोर्ट चाहिन्छ । उच्च क्षमताको ग्राफिक हार्डवेयर भएपनि थ्रिडी कन्टेन्ट भएका वेबर्साईट खोल्न नसक्ने ब्राउजरहरुलाई माथ खुबाउन गुगलले आफ्ना ब्राउजर क्रोमलाई परिमार्जन गर्न लागकेा विष्लेषकहरुको अनुमान छ ।
‘विण्डोज प्रयोगगर्ताहरुले थ्रिडी कन्टेन्टहरु नयाँ ड्राइभर इन्स्टल नगरीकनै थ्रिडी कन्टेन्ट हेर्न सक्छन’ ब्राउनले भने ।

Posted in ई-विश्व, कम्प्युटर | 1 Comment »

ट्विटर अन्य र्साईटबाटपनि चलाउन सकिने

Posted by कृष्ण पर मार्च 22, 2010

सामाजिक संजालहरुमा लोकप्रिय ट्विटरले अफ्नो प्रयोगकर्ताहरूलाई अन्य वेब र्साईटबाटपनि टि्विट गर्न सकिने सुविधा उपलब्ध गराउने भएको टिविटरले एटएनिह्वेर फिचर थपेर यो सुविधा उपलब्ध गराउन लागेको हो एटएनिह्वेर सुविधा उपलब्ध भएपछि प्रयोगकर्ताहरुले अन्य लोकप्रीय बेभर्साईटहरुबाट ट्विट गर्न सक्नेछन् प्रारम्भमा यस्तो सुविधा टि्वटरका पार्टनर वेभर्साईटमा मात्रै उपलब्ध हुने जनाईएको


एटएनिह्वेर सुविधाका बारेमा टि्वटरका प्रमुख कार्यकारी इभान विलियम्सले यसै साता बताएका हुन् । तर सेवा कहिले देखि सुरु गर्ने भन्ने कुरा भने खुलाएनन् । सुविधा सुरु भएपछि टि्वटरको एनिह्वेर सुविधाकालागी सम्झौता भएका वेबर्साईटमार्फ नै म्यासेज पठाउन र हेर्न सकिने उनले बताए ।
प्रारम्भमा अमेजन, इबे, हफिङटन पोष्ट, युट्युव, विङ, सिटीर्सच, डिग, एडएज, मिबो, एमएनएनविसी डट कम, न्युयोर्क र्टाईम्स, सेल्सफोर्स र याहुका वेबर्साईटबाट यो सुविधा उपलक्ध हुनेछ ।
सुविधाले कम्पनीहरुलाई ब्राण्ड प्रमोसन गर्न समेत सहयोग पुग्ने ब्रिकफिसका प्रमुख कार्यकारी अधिकृत निकोले गुडइयरको भनाई छ । ‘सामान्यतया मासिनहरु आफ्ना साथी तथा आफन्तको सिफारीसमा वस्तु खरिद गर्ने गर्छन’ उनले भने, ‘आफुलाई मन परेकेा बस्तु तथा सेवाकेा बारेमा उनिहरुले टिविट गरिदिन्छन, जसले गर्दा बस्तु विक्रीमा सहयोग पुग्छ ।’


Posted in ई-विश्व, कम्प्युटर | Leave a Comment »

Internet Explorer र security

Posted by कृष्ण पर मार्च 18, 2010

Microsoft को वेब ब्राउजर Internet Explorer-IE) को नयाँ संस्करण IE 8 र्सार्वजनिक भएको धेरै भइसकेको IE 8 प्रयोगकर्ताका लागि सरल एवं सहज भए पनि Microsoft ले पुराना भर्सनका ब्राउजरमा भएको समस्या नहटाएका कारण IE 8 को लोकप्रियता खासै बढ्न सकेको छैन विन्डोज अपरेटिङ सिस्टममा इन्बिल्ट आउने हुनाले संसारका धेरैजसो प्रयोगकर्ताले IE का कनै कुनै भर्सन प्रयोग गरिरहेका छन् के हुन् IE का ठूला कमजोरी
Security


Internet Explorer को सबैभन्दा धेरै आलोचना हुने विषय भनेकै security हो । हाल इन्टरनेटमा आधारित कारोबार बढिरहेका छन् । तर, Microsoft ले आर्ईईमा सुरक्षा प्रणाली बलियो बनाउनेतर्फध्यान दिएको छैन । इन्टरनेटमार्फ गरिने कारोबारमा रोक लगाईएको अवस्थाको सुरक्षास्थितिबाटै चलेकाले उच्च इन्टरनेट कारोबार हुने मुलुकमा यसको प्रयोग घटदै गइरहेको छ । मानिस यसको विकल्पमा Mozilla Firefox, Safari, Opera, chrome रोज्न थालिसकेका छन् । सामान्य चेतावनी दिएको भरका जुनसुकै वेबसाइट खोलिदिनु नै IE को सबैभन्दा ठूलो कमजोरी हो । यसैगरी IE मा टाइप गरेका पार्सवर्ड पुनः दोहोरिने हुनाले गोपनीयता भंग हुने संभावना उच्च छ ।

Plug in Support
Internet Explorersमा अझै पनि आवश्यक पर्ने Plug-ins आफैं डाउनलोड गर्नुपर्छ । वेबसाइटमा भएका एनिमेटेड विज्ञापन हुन् वा अन्य कुनै म्याटर IE 8 बाट हेर्न चाहनुभयो भने Adobe Flash Player प्रयोगकर्ता आफैंले डाउनलोड गर्नुपर्छ । यसैगरी अन्य प्लगइन पनि आफैं अपडेट नहुने भएकाले बारम्बार डाउनलोड गर्नुपर्ने समस्या छ । तपाईंले कुनै वेबसाइट खोल्न खोज्नुभयो तर तपाईंको IE 8 मा त्यसका लागी चाहिने प्लगइन छैन भने वेबसाइट खुल्दैन । ‘IE 8 ले तपार्इंको साइट खोल्न सकेन’ भन्ने सन्देश आउँछ ।


Posted in ई-विश्व, कम्प्युटर | Leave a Comment »

Microsoft Corporation को नयाँ free Antivirus

Posted by कृष्ण पर मार्च 17, 2010

Microsoft Corporation ले नयाँ Antivirus कम्प्युटमा संग्रह गरेका डाटा तथा फाइलको सुरक्षाबाट चिन्तित प्रयोगकर्ताका लागी नयाँ एन्टिभाइरस सफ्टवेयर उपलब्ध गराएको
Microsoft Morro नामक सो एन्टिभाइरसले प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्ने सफ्टवेयरको माग बढिरहेको अवस्थामा अपरेटिङ सिस्टम सुहाउँदो सफ्टवेयर र्सार्वजनिक गरिएको जनाएको Morro ले कम्प्युटरलाई टोर्जान, भाइरस, मालवेयर, स्पाइवेयर, रुटकिटस् तथा अन्य कम्प्युटरको कार्यसम्पादनमा असर पार्ने खालका सफ्टवेयर कम्प्युटरबाट हटाउने Microsoft को दाबी


निःशुल्क डाउनलोड गर्न सकिने यो सफ्टवेयरमा बजारमा प्रचलित एभिरा, नोर्टन, म्याकेफिजस्ता एन्टिभाइरसमा भएका सबैखाले सुरक्षा प्रविधिको मिश्रति सुरक्षा प्रविधि भएको बताइएको छ । भर्खरै र्सार्वजनिक भएको Morro का प्रयोकर्ता थपिने क्रम बढदै गएको कम्पनीले जनाएको छ । ‘ Morro छोटो समयमा नै धेरै लोकप्रियता कमाएको छ । हामी ग्राहकलाई धन्यवाद दिन्छौं’ कम्पनीको ब्लगमा भनिएको छ ।
Morro मो सफ्टवेयर को यसअघिको सुरक्षात्मक सफ्टबेयर Microsoft इन्टरप्राइजमा प्रयोग भएको मालवेयर प्रोटेक्सन इन्जिन प्रयोग गरिएकाले सुरक्षा मजबुत भएको कम्पनीले जनाएको छ । इन्टरप्राइजमा प्रयोग गरिएको मालवेयर प्रोटेक्सन इन्जिनले सुरक्षा प्रणालीका लागी विश्वप्रख्यात अवार्ड पाएको छ ।


Posted in ई-विश्व, कम्प्युटर | 1 Comment »

Top 10 This Year

Posted by कृष्ण पर मार्च 15, 2010

इन्टरनेट सञ्चारमा रहेका सबैखाले सेवा–सुविधा उपलब्ध गराउँदै आएको गुगल वेभ प्रयोगकर्ताहरुको सबैभन्दा पहिलो रोजाइको ब्रान्ड बनेको छ। युके, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्विजरल्यान्ड, ब्राजिल, अमेरिका र अष्ट्रेलियामा जनवरी महिनाभरका हेरिएका साइटको अनुगमनबाट बिबिसीले सार्वजनिक गरेको तथ्यांकमा गुगल अग्रस्थानमा रहेको देखिएकेा हो। नयाँ प्रयोगकर्ता र कुल प्रयोगकर्ता दुबैका हिसाबले गुगल नै पहिलो स्थानमा छ। जनबरीमा कुल ८ अर्ब १७ करोड प्रयोगकर्ताले गुगलको वेबसाइट खोलेकोमा ३५ करोड नयाँ प्रयोगकर्ता थिए।

दोस्रो स्थानमा गुगलको प्रमुख प्रतिस्पर्धी माइक्रोसफटको एमएसएन, विङ र विन्डोज लाइभ सर्च इन्जिन छन। नयाँ प्रयोगकर्ताका हिसाबले तेस्रो नम्बरमा याहु छ भने कुल प्रयोगकर्ताको संख्याका हिसाबले भने फेसबुक तेस्रो स्थानमा छ। बिबिसीले उपलब्ध गराएको नयाँ प्रयोगकर्ता थपिने एक सय वेबसाइटमध्ये उत्कृष्ट १० सबै अमेरिकी कम्पनीका वेबसाइट परेका छन्। गैरअमेरिकी वेबसाइटमा कुल थपिएका वेबसाइटमा १३औं स्थानमा ब्राजिली सोसियल नेटवर्किङ साइट अर्कुट परेको छ। प्रयोगकर्ता थपिने हिसाबमा भने फ्रान्सेली कम्पनी अरेन्ज ३४औं स्थानमा छ।
सि.नं. ब्रान्ड समुह देश नयाँ भिजिटर कुल भिजिटर
गुगल सर्च/पोर्टल अमेरिका ३४ करोड ९७ लाख ८ अर्ब १७ करोड
एमएसएन/
विन्डोजलाइभ/विङ सर्च पोर्टल अमेरिका २७ करोड १९ लाख ५ अर्ब ६७ करोड
याहु सर्च/पोर्टल अमेरिका २३ करोड ५४ लाख ४ अर्ब १५ करोड
माइक्रोसफ्ट सफ्टवेयर अमेरिका २२ करोड ४ लाख १ अर्ब ४५ करोड
फेसबुक सामाजिक सन्जाल अमेरिका २१ करोड ८८ लाख ४ अर्ब ५५ करोड
युट्युब भिडियो अमेरिका २० करोड ३२ लाख १ अर्ब २६ करोड
विकिपिडिया सन्दर्भ स्रोत अमेरिका १५ करोड ४१ लाख ६७ करोड ७७ लाख
एओल सर्च/पोर्टल अमेरिका १२ करोड ८१ लाख १ अर्ब ७९ करोड
इबे खुद्रा व्यापार अमेरिका १२ करोड १७ लाख १ अर्ब १३ करोड
१० एप्पल कम्प्युटर अमेरिका १२ करोड ९२ लाख ७८ करोड ४४ लाख
-नविन

Posted in ई-विश्व, कम्प्युटर | Leave a Comment »

ईन्टरनेटलाई नोवेल पुरस्कार ।

Posted by कृष्ण पर मार्च 12, 2010


Norwegian Nobel Institute ले यो बर्षा जम्मा जम्मी २३७ नोबेल पुरस्कार बिजयी उम्मेदवारहरुको घोषणा गरेको त्यस मध्य एउटा ईन्टरनेट पनि रहेको खुलश भएको हुन सधारणतया यो ईन्स्टिच्युटले कहीले पनि नोमिनीजको नाम बाहिर ल्याउने गरेको छैन तर ईन्टरनेटको बारेमा भने बाहिर ल्याएको यो कुरा सत्यहो की ईन्टरनेट नोवले पुरस्कारको उमेद्बारको रुपमा छनियेको ” – Italian edition of Wired magazine


Geir Lundestad, director of the Norwegian Nobel Institute भन्छन् “हुन त को को नोवेल पुरस्कारको उम्मेद्बारका रुपमा छनिए भन्ने बाहिर त ल्याउदैन तर ईन्टरनेट त्यस मध्यको एउटा हो भन्ने कुरा चाँही लुकेको छैन “।
३८ सस्थ सहित २३७ उम्मेद्बार यस बर्षा को नोवेल पुरस्कारको दाबेदारको रुपमा उत्रेका छन् । Lundestad भन्छन् “पुरस्कारको लागि छनिनु सजिलो छ तर पुरस्कार जित्नै भने गार्हो छ” ।
Luna भन्छन् “ईन्टरनेट मेजोर टुल हो शान्ति को लागि , यसले गर्दा ईरानमा भएको चुनाव प्रकरणको खवर बाहिर ल्यायो नत्र कसरी बाहिर आउथ्यो सेन्सोर्ड कुरा ।”

आन्य लाई भने अवश्य आचम्भित पारेको छ । ” ईन्टरनेटलाई दाबेदार बनाउनु एक्दमै अचम्मित कुरा हो । यसो हो भने पृथ्वी तथा आकाश लाई उम्मेद्बार बनाएर नोवेल पुरस्कारको तरिकाको बारेमा पुन्ह सोच्न वाध्य बनाउनु हो । पुरस्कारले राम्रो काम गर्न प्रेरित गर्छ । तर ईन्टरनेट लाई पैसा मात्र प्रेरणा हुन्छ र त्यसले cisco को हाई स्पीड router किन्ने छन्“ । -Rob Enderle, an analyst with the Enderle group
Ezra Gottheil, an analyst with Technology Business रेसेअर्च , भन्छन् “उनी कतै बाट पनि ईन्टरनेट शान्तिको लागि ठुलो भूमिकाकारहो भनेर चित्त बुझाउने बाटो छैन” ।
भन्ने हरु के भन्न्छ भने यदि ईन्टरनेट ले शान्तिको लागि केही भूमिका खेलेको हो भने त्यसको जन्म दाता हरुलाई पुरस्कृत गर्नु पर्नेहो । भन्छन् “ईन्टरनेट भनेको खाली शान्तिको लागि मात्र भूमिका खेल्ने होईन अशान्ति पनि मच्चाउने मा पर्छ। “ईन्टरनेट भगवान पनि हो र भूत पनि” । जे होस् बिजेता हुनु पछिको कुराहोल तर अब यस्ता ले पनि नोवेलको दबेदार हुन पाउँने भए ।
– कृष्ण


Posted in ई-विश्व, कम्प्युटर, जीवन, विज्ञान | Leave a Comment »

ओपेरामिनीको नयाँ भर्सन

Posted by कृष्ण पर मार्च 10, 2010

मोबाइल इन्टरनेट ब्राउजर ओपेरामिनीको नयाँ संस्करण र्सार्वजनिक भएको विन्डोज मोबाइल भर्सनका अपरेटिङ सिस्टम भएका मोबाइलका लागि तयार पारिएको नयाँ ब्राउजर चलाउनका लागि जाभा चाहिँन्दैन यसअघि विन्डोज मोबाइल अपरेटिङ सिस्टममा ओपेरामिनी चलाउनका लागि जाभा सफटवेयर आवश्यक पर्थ्यो


पुराना भर्सनमा भएका सबै सुविधा नया“ भर्सनमा उपलब्ध भएको कम्पनीले जनाएको छ । परिष्कृत ब्राउजरले वेभसाइटलाई ९० प्रतिशतसम्म कम्प्रेस गरेर अपलोड गर्ने हु“दा समय कम खपत हुने दाबि गरिएको छ । यसैगरी, नयाँ भर्सनको गति पनि उच्च भएकाले पैसा तिरेर ब्राउजिङ गर्नेका लागि कम खर्चिलो हुने बताइएको छ ।
हाल विश्वभर ५ करोडभन्दा बढी प्रयोगकर्ताले मोबाइलमा इन्टरनेट ब्राउज गर्दा ओपेरामिनी प्रयोग गर्ने गरेको कम्पनीले बताएको छ । नयाँ भर्सनको ओपेरामिनी ‘ओपेरामिनी डटकम’मार्फ डाउनलोड गर्न सकिन्छ । बिटा भर्सनमा मात्रै आएको यो ब्राउजरलाई बिस्तारै फुल भर्सनमा ल्याउने कम्पनीको भनाइ छ ।


Posted in ई-विश्व, कम्प्युटर, विज्ञान | Leave a Comment »